Sunday, November 2, 2014

स्मृतिमा प्रिजज



"भाका भूल दया क्षमा र ममता सञ्तोष मान्दैन त्यो
ईन्द्रै बिन्ति गरुन् झुकेर पदमा यो बिन्ति मान्दैन त्यो
राजारङ्क सबै समान उसका वैषम्य हेर्दैन त्यो
आयो टप्प टिपी लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो ।।"

बिहान बजे मोबाइलको रिङ्ग बज्यो, आँखा सानो खोलेर हेरें, बुवाको रहेछ | अचम्म संगसंगै मनमा एक किसिमको डर पैदा भयो | मन गह्रौं पार्दै फोन उठाएँ | बुवाले भन्नुभयो "इलामबाट काठमाडौँ हिंडेको बस एक्सीडेन्ट भएछ, चिनेको कोहि आउदैं थिए ?" मन झन् गह्रौं भयो, भनें "खै" | जिउ सिरिङ्ग भयो, सोधें "ठूलो एक्सीडेन्ट ?" प्रतिउत्तरमा "अँ ठूलै जस्तो , तैंले बुझिस भने मलाई कल गर" भनेर फोन काट्नुभयो| हतार हतार न्युज पोर्टलहरु खोलेर हेर्न थालें, कतै केहि भेटिएन | / जनालाई कल गरेर बुझ्ने प्रयास गरें, प्रस्ट भएन | एकछिन पछि इकान्तिपुर डट कम मा अपडेट भयो, जनाको घटनास्थलमै मृत्यु भनेर | अब शरीर काप्न थाल्यो | एउटा हातमा टाउको अड्याएर अर्को हातले फेसबुक होमपेज केहि न्युज पोर्टलहरु रिफ्रेश गरिरहें | मृत्यु हुनेमा परिचित नामहरु आउने क्रम सुरु भयो, ढुकढुकी झन् झन् बढिरह्यो, मुख सुकेर आवाज नआउने भएछ | एक् पछि अर्को परिचित नामको मृत्युले टाउको नराम्रो संग रिङ्ग्यायो | जिउ कामिरहेको थियो, एउटा हातले पेजहरु रिफ्रेश गरिरहेको थिएँ |

साढे सात बजेको हुँदो हो, अन्नपुर्णपोस्ट को अनलाईनमा लेखियो, "थप दुई जनाको उपचारको क्रममा निधन...", खै अरु के के लेखिएको थियो, मेरो नजर "प्रिजज दहाल" मा मात्र पर्यो | भक्कानो फुटेर आयो, असह्य भयो, रोएँ धेरैबेर | विश्वास गर्नै सकिन | मुटुको एक टुक्रा फुटेर निस्किए झैँ भयो |
वर्ष अगाडी एस एल सी दिएर बानेश्वरको एम्बिसन एकेडेमी मा कक्षा ११ मा पढ्न गएको पहिलो दिन नै परिचित भएको साथी हो प्रिजज | अत्यन्तै मिलनसार हसिलो स्वभाव भएकै कारण छोटो समयमा धेरैलाई खुशी पार्न सक्थ्यो |

जति थिए, प्रिजजका साथी मात्र थिए | उसलाई मन नपराउने कोहि थिएनन् | सबैलाई हसाउने मोटिभेट गर्ने अरुलाई प्रोब्लेम पर्दा पनि आफ्नै जस्तो गरेर सोलुसन खोज्ने गर्थ्यो |
सपनाहरु धेरै देखेको थियो प्रिजजले | जीवनमा धेरैथोक गर्छु भनेर सोचेको थियो | करिब महिना अगाडी एउटा सामाजिक संस्था खोल्ने कुरा लिएर मेरोमा आयो | मलाई सबै कुरा भन्दै गयो, मैले अँ अँ भन्दै सुनिरहें | उदाहरण दिंदै भन्यो "रबिन्द्र मिश्रले हेल्प नेपाल खोलेर कति राम्रो भएको , अहिले सारा संसारले चिन्ने भएको | हामी चै के कम छौँ ? हामी पनि केहि गरौँ, अशाहाय दुखी लाई सेवा गर्ने केहि काम गरौँ, धर्म गरौँ |" यस्तो क्यापासिटी थियो कि उसमा, उसले भनेको केहि कुरा नाइँ भन्नै सकिदैनथ्यो | संस्था खोल्ने नै कुरा भयो, प्रोसेस गरौँ भनेर मिटिङ्ग बसियो | दर्ता गर्ने काम प्रिजज आफैंले जिम्मा लियो | सबैतिर मिलाएर जिल्ला प्रशासन कार्यालय जाँदा थाहा पाएछ कि अंग्रेजी नाममा संस्था दर्ता गराउन नपाउने नियम बनेको रहेछ | अब सबै काम फेरी सुरुदेखि गर्नुपर्ने भयो | दशैं आउनै लागेको थियो, प्रिजजले भन्यो "अब सबै मिलेर अलि राम्रो नेपाली नाम सोच्दै गरौँ, तिहार पछि घरबाट फर्केर आएपछि दर्ता गर्नु पर्छ |" तर प्रिजज फेरी फर्केर काठमाडौँ आइपुगेन, भाग्यले बीच बाटोमै चुडेर लग्यो लाखौं सपना देख्ने मेरो साथीलाई |

रिसाउन कहिल्यै जानेन | छोटो समयमै धेरै साथी बनाउन सक्ने क्षमता थियो उसमा | आज झन् छोटो समयमा ती सबै साथीहरुलाई छोडेर गयो | सबैलाई रुवाएर गयो |
ब्लग लेख्न पनि धेरै रुचि राख्थ्यो | पुस्तक पढ्न झन् धेरै मन गर्थ्यो | पाउलो कोएल्होका नोभेलहरु बढी चाख दिएर पढ्ने गर्थ्यो | ह्यारी पोर्टरका सेरिजहरु पनि सबै पढ्थ्यो | प्राय: जुनसुकै पुस्तक पनि बढो चाख दिएर पढ्थ्यो |
संगीतमा त्यस्तै रुचि राख्थ्यो, सुन्थ्यो, बजाउथ्यो गाउँथ्यो | कैलाश खेरको गीत भनेपछि हुरुक्कै हुन्थ्यो | प्राय: जसो गुनगुनाईरहेको हुन्थ्यो "सैयाँ........." | मलाई पनि एडिक्ट बनाएर गयो कैलाश खेरको गीत सुन्ने |
अझै विश्वास लागिरहेको छैन, मन बुझाउन सकिरहेको छैन | बल्लबल्ल अलिकति लेख्न सक्ने आँट आयो | जति नै लेखे पनि यो मनमा भएका भावनाहरु रित्तिने रहेनछ |

प्रिजज तँ सधै अमर रहनेछस्, तैंले देखेका सपनाहरु अमर रहनेछन् | सकेको हामी पूरा गर्नेछौं |
एउटा चालकको गल्तिले गर्दा यति धेरै निर्दोषले ज्यान गुमाउनु परेको | १० जनाको ज्यान लिने गरि दुर्घटना गराउने बसका चालक राकेशसिंह तामाङलाई हदैसम्मको कारबाही होस् फेरी यस्तो घटना नदोहोरियोस, चित्त बुझाउने बाटो अरु केहि छैन |

-    पुरण अधिकारी
२०७१-०७-१६
काठमाडौँ

No comments:

Post a Comment